logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मन्त्रीलाइ काठमाडौमा स्थानिय जनता द्धारा कालो झन्डा


  • राजनीति
  • सोमबार, साउन १३ २०७६

भूमिसुधार मन्त्री पद्मा अर्याललाई काठमाडौंको साँखुमा कालो झण्डा देखाइएको छ । सोमबार दिउँसो १२ बजे मालपोत कार्यालय उद्घाटन गर्न साँखु पुगेकी उनलाई स्थानीयले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् ।
साँखु बसपार्कमा कला–संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरका सदस्यहरुले गुठी बिधयेकको खारेजीको माग गर्दै उनको राजिनामा समेत मागेका छन् । मन्त्रीलाई कालो झण्डा देखाउने तयारी गरेपछि बाक्लो रुपमा प्रहरी परिचालन गरिएको थियो भने खानतलासी लिएर मात्र सर्वसाधारणलाई उद्घाटन कार्यक्रममा सहभागी गराइएको थियो ।

मालपोत कार्यालयको उद्घाटन सकेर फकर्ने क्रममा मन्त्री अर्याललाई कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरले कालो झण्डा देखाइएको पत्रकार पवनलाल श्रेष्ठले जानकारी दिएका छन् । कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरका संयोजक राजदास श्रेष्ठ, दिलिपकुमार श्रेष्ठ, विजयकुमार भाष्कर, मनिष सिम्खडा, मिलन खड्का, जयराम श्रेष्ठ, सुसन श्रेष्ठ, प्रदिप बज्राचार्य, धनराज घले, रामेश्वर श्रेष्ठ, बबिनराज श्रेष्ठ लगायतले मन्त्री अर्यालको राजीनामा माग्दै कालो झण्डा देखाएका हुन् ।

कालोझण्डा देखाउनेक्रमा स्थानीयलाई प्रहरीले धरपकड गरेको थियो । टाउकोमा कालो फेटा बाँधेका प्रदर्शनकारीलाई प्रहरीले गरेको धरपकडका बाबजुद कालो झण्डा देखाएका हुन् । सरकारले गुठी विधेयक फिर्ता लिएपनि काठमाडौंका नेवार समुदायले सो विधेयक खारेजीको माग राख्दै प्रर्दशन गर्दै आइरहेका छन् ।

यसअघि साँखुका स्थानीयले बाटो मर्मतको माग गर्दै सोही क्षेत्रका सांसद एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकै अगाडि मुर्दावादको नारा लगाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार