राजनीति
पोखरा – छोराले आफ्नै बुबालाई काठको चिर्पटले हिर्काएर हत्या गरेका छन् । कैलाली जिल्लाको गोदावरी नगरपालिका ५, बर्बाटामा आइतबार राति चिर्पटले हिर्काएर हत्या गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्बाटाका ३० वर्षिय रामसिं कुमालले दाउराको चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय अम्मरसिं कुमालको हत्या गरेका हुन् ।
बुबाछोराबीच घरायसी विवाद भए पछि रामसिंले बुवा अम्मरसिंहलाई चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारवाट गम्भीर घाइते भएका अम्मरसिंलाई उपचारका लागि धनगढीस्थित सेती अस्पतालमा पुर्याइएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताए ।