logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सागरनाथ परियाेजनामा शक्तिशाली बम बिस्पाेट यस्ताे छ क्षति


  • राजनीति
  • मंगलबार, साउन १४ २०७६

बहुचर्चित सर्लाहीको  ईश्वरपुर नपा ४ स्थित सागरनाथ वन विकास परियोजनाको मुख्य कार्यालयमा शक्तिशाली बम विष्फोट भएको छ । शनिबार राति भएको उक्त विष्फोटबाट परियोजनामा क्षति पुगेको बताइएको छ । विष्फोट कसले गरायो भन्ने अहिलेसम्म पुष्टी भएको छैन । तर विष्फोट स्थलमा पर्चा भेटिएको छ ।

पर्चामा सागरनाथ वन विकास परियोजनामाथि कारबाही किन ? शिर्षकमा सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था बिना उनीहरुले लगाएको खेतिपातीमाथि डोजर लगाउने काम गरेको, सुकुम्बासीहरुलाई बिनाकारण झुट्टा मुद्दा लगाएर फसाउने र जेल चलान गर्ने काम गरेको, आगामी दिनमा थप सुकुम्बासीहरुलाई उठाउने योजना बनाएकोले कारवाही गरिएको बताइएको छ ।

त्यस्तै स्थानीय दलालहरुसँग मिलेर सुकुम्बासीहरुलाई उठाउने योजना बनाएको, सागरनाथ बन परियोजना अन्तर्गतका खयरलगाएतका काठहरु कौडिको मुल्यमा बेचेको, थोरै काठ बेचेर बाँकी काठ चोरी, निकासी र पैठारी गरेको र ठेकेदारहरुलाई अवैध ढंगले चलखेल गरेको भन्दै चेतावनीस्वरूप कारवाही गरिएको बताइएको छ ।  राति एक्कासी ठूलो आवाजमा बम बिष्फोट भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ ।बम बिष्फोट भएको स्थलमा प्रेसर कुकरका टुक्राहरु भेटिएको र परियोजनाको कार्यालयको झ्यालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।उता प्रहरीले भने विप्लव नेतृत्वको नेकपा माथि आशंका गरेकाे छ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन  । यस्तै गए राति नै सुकुम्बासीहरुले सर्लाही हरिवन नपा ६ घुर्कौली स्थित सागरनाथ वन विकास परियोजनाको कुरुवा घर (टावर) माथि आगजनी भएको स्थानीयले बताएका छन् । घटनाकाे बिस्तृत क्षति आउन सकेकाे छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार