logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्री ओली आराम गर्न भन्दै सिगापुर जादैँ


  • पत्रपत्रिका
  • बुधबार, साउन १५ २०७६

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र सुनिल सापकोटाले लेखेका छन् । प्रधानमन्त्री ओलीलाई निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले उनी सिंगापुर जान लागेका हुन् । एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षण पनि गराउनेछन् ।

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा। दिव्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ । केही दिन आराम गर्न र स्वस्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार