logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कांग्रेस राजपाको विरोधले संसद बैठक स्थगित!सभामुख महराले प्रतिपक्षलाई वेलमा उभ्याए ५५ मिनेट !


  • राजनीति
  • बुधबार, साउन १५ २०७६

पोखरा- सभामुख कृष्णबहादुर महराले आज संसद्को वेलमा संसद्को नियमित कारवाही अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपालाई ५५ मिनेट उभ्याएका छन् ।

यसअघि प्रतिपक्षले बढीमा १० मिनेट नारावाजी गर्न नपाई संसदको बैठक स्थगित गर्ने सभामुखले पछिल्ला दुई बैठकमा भने विपक्षी सांसदरूलाई लामो समय वेलमा उभ्याएका छन् ।

आजको बैठकमा पनि झण्डै एक घण्टा उभ्याएका छन् ।विपक्षी सांसदहरूले ४५ मिनेट नारावाजी गरेपछि महराले ‘माननीयज्यूहरू थाक्नुभयो होला, अब बस्नुस्’ भनेर व्यंग्य गरेका थिए ।

सर्लाहीमा भएका गोलीकाण्डका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेस र राजपाले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।

सोमवारको बैठकमा महराले विपक्षी सांसदहरूलाई ३५ मिनेट उभ्याएका थिए ।बुधवार बिहान ११ बजेर १० मिनेटमा शुरू भएको संसद् बैठक सभामुख महराले १२ बजेर ५ मिनेटमा स्थगित गरेका थिए ।

लगातार संसद् अवरुद्ध गर्दा अन्य सांसदको अधिकार हनन् भएको भन्दै सदन अवरोध हटाउन आग्रह गरे ।प्रतिपक्षीको नाराबाजी नरोकिएपछि सभामुख महराले भोलि बिहीवार दिनको २ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार