राजनीति
गोरखा – गोरखामा एक बालिका झुण्डिएको अवस्थामा फेला परेकी छन् । शहीद लखन गाउँपालिका-७ मकैपुर १२ वर्षीया बालिका प्रशान्ता श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेकी हुन।
परिवारका अनुसार प्रशान्ता बुधबार विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
घटनामा प्लाष्टिक बोराको बाटेको डोरी प्रयोग भएको बताइएको छ । आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिएका छन् । मृतक श्रेष्ठको शवलाई आमाले काखमा लिएर बसेको र अरुकसैलाई छुन नदिएको स्थानीयले बताएका छन् ।
श्रेष्ठ गाउँकै न्यू होराइजन बोर्डिङमा कक्षा ५ मा अध्ययनरत थिइन् ।