logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

को हुन योगेश भट्टराई ‘रबिन्द्र’ अस्ताउदा के भनेका थिए ?


  • राजनीति
  • बुधबार, साउन १५ २०७६

नेकपा एमालेका युवा तथा चर्चित नेता योगेश भट्टराई विक्रम संवत २०२३ साल भदौ २१ गते बुबा भीमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट ताप्लेजुङको साँघुमा जन्मेका हुन ।

विद्यालय जाने बेलामा झापा विद्रोह चलिरहेकोले सोही समयदेखि उनमा बामपन्थी राजनीतिप्रति झुकाव बढ्दै गयो । पारिवारिक पृष्ठभूमी पनि बामपन्थी नै भएकाले उनलाई त्यतातर्फ लाग्न प्रेरित गर्यो । मानवशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका भट्टराईले २०३७ सालमा अनेरास्ववियूको राजनीति थालेका थिए ।

२०५१ सालमा अनेरास्ववियूको अध्यक्ष समेत भएका भट्टराई बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर काम गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पटक पटक भाग लिएका उनले पछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी सम्म सम्हालेका थिए ।

भट्टराई यसअघि ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालमा काठमाण्डौं क्षेत्र नंबर ५ बाट दोस्रो पटक चुनावमा उठे पनि पराजित भएका थिए ।

अहिले उनी नेकपा एमालकोे प्रचारविभाग प्रमुख तथा केन्दिय सचिव छन् । यसअघि दुई पटक पराजित भएपनि यसपटक भने प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भएका थिए ।

रबिन्द्र अधिकारीको दुर्घटनामा ज्यान जादा हुदा यस्तो भनेका थिए योगेश ले

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको बुधबार हेलिकप्टर दुर्घटनामा ताप्लेजुङ मा अस्ताए भयो । रविन्द्रको व्यक्तित्व र सरलताका कारण धेरैले घटना असत्य होस भनेर कामना गरिरहेका थिए र गरिरहेकाछन । कतिपयले अस्वभाविक दुर्घटना हुनसक्ने भन्दै अाशंका पनि गरिरहेका छन । यसैका बीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका ताप्लेजुङका सांसद एवं युवानेता योगेश भट्टराईले आफ्नो टुइटर मा एक ट्विट गर्दै गम्भीर प्रश्न उठाएका छन

उनले भिअाइपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान नै नहुने गरेको तथ्य कोट्याउँदै अाफ्नो फेसबुकमा लेखेका छन ‘भि आई पि उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? यो कुरा संकाको घेरामा छ । समयले उत्तर माग्छ ।’ भनेर योगेश भट्टराई ले ट्विट गरेका छन । हुन पनि हो जब देशकै मन्त्री नै जादाँ त मौसम विभाग ले ताप्लेजुङ को मौसम यता काठमाडौं को मौसम को बारेमा किन ब्रीफिङ गरेन यो प्रश्न रहस्य कै गर्भमा रहेको छ । यसको उत्तर समयमा नै खोज्न जरुरी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार