logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

स्कुल ड्रेसको टाईको पासो लगाएर १२ वर्षीय बालकले गरे आत्महत्या


  • राजनीति
  • बिहिबार, साउन १६ २०७६

पोखरा- १२ वर्षीय एक बालकले भक्तपुरको गुन्डुमा आत्महत्या गरेका छन् । सूर्यविनायक नगरपालिका–७, गुण्डुमा बस्ने राजु खतिवडाको १२ वर्षीय छोरा सन्देश खतिवडाले बुधबार साँझ स्कुल ड्रेसको टाईको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले आफ्नै घरको दोस्रो तलामा काठको दलिनमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

झुण्डिरहेको भेटेपछि बालकका बाबु राजुले पासो फुकाई उनलाई मध्यपुर अस्पताल लगेकोमा नलाई बेलुकी ६ बजे मृत घोषित गरिएको थियो ।

बालकले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार