राजनीति
A soldier from One Platoon, The Prince of Wales's Company, 1st Battalion Welsh Guards based at Patrol Base Argyll, Nad e Ali is pictured on returning from a patrol around the village of Zarghun Kalay, Afghanistan.
Soldiers from The Prince of Wales's Company, 1st Battalion Welsh Guards based at Patrol Base Argyll, Nad e Ali, patrol in Nad e Ali District Centre and the surrounding area.
माओवादी युद्धको अवधिमा नेपाली सेनाबाट भागेर तत्कालिन ‘जनमुक्ति सेना’मा प्रवेश गरेका एक सैनिक जवानलाई १३ वर्षपछि जेल सजाय सुनाइएको छ ।
गोरखा आरुघाट–९ स्थायी घर भएका शक्ति गुरुङ (विक्रम)लाई सैनिक समरी जनरल अदालतले १० वर्ष जेल सजाय तोकेको हो ।
सैनिक अदालतको फैसला अनुसार गुरुङ अब भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुनेछन् । अभियुक्त गुरुङ २०६३ साउन ३० गते हतियारसहित भागेर तत्कालिन माओवादीमा प्रवेश गरेका थिए ।
सहायकरथी एवम् सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार गुरुङलाई भविष्यमासमेत सरकारी सेवामा अयोग्य हुनेगरी सैनिक अदालतले कोट मार्सलको फैसला सुनाएको हो।
गुरुङ २०६३ साउन ३० गते हतियारसहित भागेका थिए। सोही कसूरमा उनीमाथि कारबाही भएको हो। उनीविरुद्ध हातहतियार, गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो।
सेनाले विशेष अनुसन्धानपछि गेरुङलाई दोषी ठहर गरेको थियो। उनको मुद्दा अनुसन्धानका लागि सहायकरथीको अध्यक्षतामा सैनिक अदालत गठन भएको थियो।
उनले पुनरावेदन दिन सक्ने प्रावधान छ ।