राजनीति
पोखरा – भारतीय मोटरसाइकलको ठक्करबाट पर्सामा एकजनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार विन्दवासिनी गाउँपालिका-५ मुसहर्वाका ६५ वर्षीय भीम दासको मृत्यु भएको हो।
भारत बिहारको पूर्वी चम्पारण ग्राम पंचायत मोतिहारी बेलासपुर-४ का प्रयाद यादवले चलाएका बीआर२२पी ९८८७ नम्बरको माटरसाइकलको ठक्करबाट विन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठा चौकमा दास गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका दासलाई नेशनल मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।