logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

बसपार्कमा बसको छतमा एक युवकको शव फेला


  • राजनीति
  • शुक्रबार, साउन १७ २०७६

पोखरा -बुटवलको नयाँ बसपार्कमा बसको छतमाएक युवकको शव फेला परेको छ ।लु१६१३७ नंम्बरको बसको छतमा गुल्मी चन्द्रकोट घर् भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको हो । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार