राजनीति
पोखरा- जनपत्रकार संगठन कास्कीका सदस्य तथा ejhajhalko.com स-सम्पादक राजन साउदलाई आज पोखराको पृथ्वी नारायण क्याम्पसबाट प्रहरीले गिरफ्तार गरेको छ।
बिना कारण गिरफ्तार गरेको भन्दै जनपत्रकार संगठन कास्की जिल्ला संयोजक तथा जनपत्रकार संगठन केन्द्रीय सदस्य रमाकन्त बास्तोलाले घटना प्रति गम्भीर ध्यानायकर्षण भएको भन्दै बिज्ञप्ती जारी गरेको छ। । बिज्ञप्तीमा वर्तमान सरकार प्रेष तथा अभिव्यत्ति स्वतन्त्रता प्रति निरन्तर अनुदार , क्रूर बन्दै आएको पुस्टि पत्रकार साउदलाई गिरफ्तार गरीनु यसैको निरन्तरता हो भन्ने ठहर रहेको आरोप लागाएको छ ।
संबिधानले दिएको अधिकारलाई कुण्ठित हुनेगरी वर्तमान सरकारले देखाएको यो रबैया खेदजनक छ । बिचार, आस्था र प्रेष तथा अभिब्यत्ति स्वतंत्रताको हनन हुनेगरी पत्रकार राजन साउदलाई वीना कारण गिरफ्तार गरेको हुँदा निर्बाध रुपमा प्रेष तथा अभिब्यत्ति स्वतंत्रताको अभ्यास गर्न पाउने, स्वतंत्रता पूर्वक समाचार संकलन, लेखन,प्रकाशन तथा प्रसारण गर्न पाउने संबिधान प्रदत्त अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गर्दै सम्पूर्ण पत्रकार साथीहरु, पत्रकार संगठन, मानवअधिकारकर्मी, बुद्दिजीवी लगायतलाई साउदको रिहाइमा पहल गरीदिनुहुन यही विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछु ।