राजनीति
सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले राज्यको कडा निगरानीलाइ छ्ल्दै राजधानीमा सम्मेलन सम्पन्न गरेको छ ।
अखिल क्रान्तिकारी काठमाडौ क्याम्पस जिल्ला अन्तरंगत सिंहदवारको छेउमा रहेको शंकर देव क्याम्पसको ८ औं सम्मेलन सम्पन्न गरेको छ । सरकारको अति सम्वेदनशिल शुरक्षा क्षेत्र मानिएको पुतलीसडकमा रहेको उक्त क्याम्पसको सम्मेलन भुमिगत हिसावले सम्मेलन सम्पन्न गर्नुलाइ निकै महत्त्वपूर्ण ढङ्गले बुझिएको छ ।
उक्त सम्मेलनको उद्द्घाटन अखिल क्रान्तिकारीका चर्चित नेता उषाकिर आजादले गरेका थिए । कार्यक्रममा बोल्दै आजादले नेपालको शैक्षिक राजनीति आन्दोलनका ऎतिहासिक कार्यभार हरहालतमा पुरा गर्न संघर्षमा रहेको धारणा राखेका थिए । उनले शैक्षिक आन्दोलनमा देखा परेका बिभिध खाले बिकृतिको जन्महुनुमा अहिलेको राजनीतिक ब्यवस्था जिम्मेवारी रहेको भन्दै यसको विरुद्ध निर्मम र निर्णायक लडाइँमा हाम्म फाल्न अपिल समेत गरेका थिए ।
राजधानी काठमाडौको अति कडा सुरक्षा घेरालाइ पत्तो नहुने गरी भुमिगत ढंगले सम्पन्न सम्मेलनले महानको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित गरेको जनाएको छ ।
यो पनि पढ्नुहोस अखिल (क्रान्तिकारी ) को यस्तो चेतावनी प्रहरी हेरेको हेरेयै (भिडियो सहित)।
असोज १६, बिद्यार्थी आन्दोलनको केन्द्रिय भुमिका सुस्ताएको र अपुग भएको गुनासो भैरहेको बेला विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी मोर्चा अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला समितीले महँगी विरुद्ध र्याली निकालेर बिद्यार्थी आन्दोलनको नाक जोगाइदिएको छ ।
शैक्षिक व्यापारिकरण,बढ्दो महँगी, भ्रष्टाचार र निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा सरकार उदासीन बनेकाे भन्दै अाइतबार विहान उसले विरोध र्याली निकालेकाे हाे।
त्रिचन्द्र क्याम्पसबाट सुरु भएकाे विराेभ र्याली कमलादी, पुतलिसडक पद्मोदय मोड हुँदै प्रदर्शनी मार्गमा पुगेर कोणसभामा परिणत भएको थियो।
उनीहरुले ‘सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, सरकार किन झुक्दैछ, बलात्कारी किन लुक्दैछ, गृहमन्त्री के हेर्दै, बलात्कारीले देश घेर्दै, निर्मलाई देऊ न्याय, नागरिकमाथि भयो अन्याय’ भन्दै नारा लगाएका थिए ।
कोणसभालाइ सम्बोधन गर्दै क्याम्पस जिल्लाका इन्चार्ज एवं अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य ललित बिकले ओली सरकारले दशैँको मुखैमा गाडीभाडा बढाएर जनतालाई शोषण गरेको आरोप लगाए ।
कार्यक्रममा जिल्लाका अध्यक्ष उषाकिरणले सरकारी बन्दुक सग बिद्यार्थी आन्दोलन नझुक्ने भन्दै जनबिरोधी हर्कत बन्द गर्न चेतावनी दिएकाछन ।