logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य हेमन्त जिसी पक्राउ


  • राजनीति
  • आइतबार, साउन १९ २०७६

नेकपा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

घोराही उपमहानगपालिका–१५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

शनिबार साँझ साढे ५ बजे लमहीबाट घोराही आउँदै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जिसीका बारेमा थप अनुसन्धान भइरहेको छ । सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि नेता  तथा कार्यकर्ताहरु पक्राउ पर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार