logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रेडबुल बोकेको ट्रक मुग्लिनको जलविरेबाट त्रिशूली नदीमा खस्यो


  • राजनीति
  • सोमबार, साउन २० २०७६

पोखर- वीरगञ्जबाट काठमाडौं जाँदै गरेको रेडबुल बोकेको ट्रक चितवन नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट त्रिशूली नदीमा खसेको छ ।

सोमवार बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना५ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएका छन ।

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार