राजनीति
पर्वत – विप्लव नेकपा पर्वतका १ कार्यकर्ता शनिबार पक्राउ परेका छन् । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशंकामा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी पर्वतले जनाएका छन।
जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजंग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो । टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा टावर रहेकै वडा निवासी लामिछानेमाथि शंका रहेकाले उनलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
साउन १५ गते तिलाहारको थानाकोट मन्दिरको डाँडामा रहेको उक्त एनसेलको टावरमा आगजनी भएको थियो । आगलागीबाट टावरको केही भाग जलेर आंशिक क्षति भएको थियो ।
टावरमा कसले आगजनी गरेको भन्नेबारेमा थाहा नभए पनि विप्लव नेकपाको संलग्नता रहेको अनुमान गरेर संलग्न व्यक्तिको खोजी गरिएको प्रहरी निरीक्षक रायमाझीको भनाइ छ ।