logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

गलबन्दीवाला ‘प्रकाश सपुत’को एनिभर्सरी यसरी


  • राजनीति
  • सोमबार, साउन २० २०७६

चर्चित लोकप्रिय गायक प्रकाश सपूत र पत्नी विन्दु बोहराको वैवाहिक बन्धनको आज सातौं बर्ष पूरा भएको छ । अहिले उनिहरुको प्रेमको चिनो सुन्दर छोरी पनि छिन् । पहिलोपटक दोहोरी ब्याटल गाउने र सृजना गर्ने उनै गायक हुन् सपूत उनको पछिल्लो समय “बोल माया” गीतले झनै सर्वाधिक चर्चा पाउन सफल भयो, त्यस्तै अहिले ‘ब्याटल २’ र ‘गलबन्दी’ गित चर्चाको शिखरमा रहेको छ ।

प्रकाश सपूत र पत्नी विन्दु परियारको एक दशक अगाडिको प्रेम कहानी, कलेज पढ्दै गरेको एक युवाले जब कलेज सकेर साथिहरु सँग घर फर्किदै गर्दा एक युवती माथि उनको नजर जान्छ ।

अनि भित्र भित्रै मन पराउन थाल्छन् ।,, तर युवतीलाई केही पनि थाहा हुँदैन न त त्यो समयमा फेसबुक नै थियोे, नत हात हातमा मोबाइल कसरी सम्पर्क गर्ने भन्ने अन्यौलमा परेका युवाले पत्ता लगाउछ उस्को घरमा पसल पनि रहेछ अनि पसलमा फोन।”

‘त्यसपछि साथीको सहायताले उक्त पसलको फोन नम्बर प्राप्त गर्न हुन्छ, अनि हिम्मत जुटाएर फोन गर्दा पटकपटक युवतीको ममिले फोन उठाउछ । उता प्रकाशलाई चिन्ता बढ्छ त्यसपछि फेरि हिम्मत जुटाएर फोन गर्दा उनैले उठाउछिन्, ‘यानकि विन्दु बोहराले …. यसरी नै सुरु भएको प्रकाश र बिन्दुको प्रेम कहानी अन्ततः दुवै जनाले एक अर्कालाई मन पराउन थाल्छन् , भेटघाट हरु दिनहुँ जस्तै हुन्छ, दैनिक भेटघाटले दुईको प्रेमलाई झन बलियो बनाउछ र बिहे गर्ने सोचमा पुगेपछि भागि विवाह गरेको बताउँछन् ।

केहि समय अगाडि मात्र सार्वजनिक भएको सपुतको ‘गल्बन्दी’ गीत अहिले पनि जताततै चर्चामा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार