राजनीति
पोखरा- प्रतिबन्धित विप्लव नेकपाका तीन पुर्वकेन्द्रीय नेतालाई काठमाडौंको बत्तीस पुतलीबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केही दिनअघि मात्रै केन्द्रीय सदस्यबाट हटाइएका डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङ छन् ।
उनीहरुलाई पक्राउ गरिएको पुष्टी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए । सरकारले फागुन अन्तिम साता विप्लव नेकपा माथि प्रतिबन्ध लगाए पछि सात सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले विप्लवनेकपाका नेता–कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।