logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रचण्डकी नातिनी स्मिता पानीमा भिज्दै मायालु खोज्दै !


  • राजनीति
  • मंगलबार, साउन २१ २०७६

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नातिनी स्मिता दाहालको नयाँ गीत ‘मायालु तिमी कता छौ’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ ।

गीतमा स्मितासँगै राजनराज शिवाकोटीले पनि स्वर दिएका छन् । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । सेट लगाएर खिचिएको भिडियोमा वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ । भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् । भिडियोमा स्मिता पनि पानीमा निथ्रुक भिजेको अवस्थामा देखिएकी छ्न ।

भिडियो छायाँकनका क्रममा ‘कार्टुन्ज क्रु’ की आश्मा विश्वकर्मा बेहोस हुँदा करिब ५ घण्टा अस्पतालमा राख्नुपरेको निर्देशक सरोज ओलीले जानकारी दिए । भिडियोमा गायिका स्मिता दाहालले पनि पानी रुज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो सञ्जय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी भिडियोमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार