logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

आज राति १२ बजेबाट पेट्रोल र डिजेलको मूल्य बढ्यो , ग्यासको मूल्य घट्यो.


  • राजनीति
  • मंगलबार, साउन २१ २०७६

पोखरा- मंगलवार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

पेट्रोल तथा डिजेलमट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ, र ५० पैसाले वृद्धि हुने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । एलपी ग्यासमा भने २५ रुपैयाँ घटाइएको गोइतले बताए ।

आयल निगमको उक्त निर्णयअनुसार जसअनुसार काठमाडौ (थानकोट डिपोबाट १५ कि।मि। क्षेत्रभित्र)को पेट्रोलको नयाँ विक्री मूल्य रू १ सय ९ र डिजेल मट्टीतेलको मूल्य रू ९७ हुनेछ भने एल।पि। ग्यासको खुद्रा मूल्य रू १३ सय ७५ हुनेछ ।

गोइतले हवाई ईन्धनको विक्री मूल्य यथावत राखिएको बताए ।

निगमले आर्थिक वर्ष २०७५७६ मा एलपि ग्यासमा करीब ६ अर्व नोक्सानी व्यहोरेको थियो, जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

यसरी मूल्य समायोजन गरे पश्चात् पनि विरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमश १४ दशमलव ३७ रुपैयाँ र १५ दशमलव ४७ सस्तो हुने अवस्था रहने गोइतले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार