logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

काठमाडौंको माइतीघरमण्डलमा आज बिहानै शंकास्पद वस्तु फेला


  • राजनीति
  • बुधबार, साउन २२ २०७६

पोखरा- काठमाडौंको माइतीघरमण्डलमा आज (बुधबार) बिहानै शंकास्पद वस्तु फेला परेको छ।

काठमाडौं महानगरपालिका-११, माइतीघरमण्डलास्थित सेन्ट जेभियर्स कलेजअगाडि बिहान ६ बजेतिर शंकास्पद वस्तु फेला परेकाे महानगरीय प्रहरी परिसरले जानकारी गराएका छन ।

उक्त नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षिति रूपमा डिस्पोज गरेको महानगरीय प्रहरी परिसरले जानकारी दिए।

तर उनले बम हो कि के हो स्पष्ट पारेनन्। ‘शंकास्पद वस्तु हो, केही तारहरू थिए, कसैले तर्साउन राखेको जस्तो देखिन्छ,’ नेपालखबरसँग डीएसपी बोगटीले भने, ‘बिहान ८ बजे नेपाली सेनाले निष्क्रिय पारिसकेको छ।’

उक्त वस्तु राति नै कसैले राखेको हुन सक्ने उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार