logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्री ३ महाराजको संज्ञा दिने सांसद महतलाई कुलमानको जवाफ कल ब्याक गर्छु,भन्दाभन्दै बिर्सिए छु


  • राजनीति
  • बुधबार, साउन २२ २०७६

पोखरा- कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्‍याउने टेण्डर भएर ठेक्का सम्झौता भइसकेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतलले मंगलबारको संसद बैठकमा विद्युत समस्या समाधान गर्न गरेको फोन नियोजित रूपमा नउठाएको भन्ने आरोप लगाएका थिए। कुलमानले सांसद महतको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।

‘केही दिनअघि उहाँ (महत)ले फोन गर्नुभएको रहेछ, म बैठकमा थिएँ, पछि कल ब्याक गर्छु भन्दाभन्दै बिर्सिए छु, जुम्लाको विद्युत् समस्या समाधान गर्न प्राधिकरणले गम्भीर रूपमा काम गरिरहेको छ’,उनले भने, ‘जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको छ, सुर्खेतबाट ८१ किलोमिटर ३३ केभी प्रसारण लाइन लैजान गत जेठमै ठेक्का सम्झौता गरी ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको छ, डेढ वर्षभित्रमा ग्रिड पुर्‍याउने लक्ष्यकासाथ काम गरिरहेका छौं।’

उनले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रूपमा डिजेल जेनेरेटरमार्फत् जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्पबारे पनि छलफल भइरहेको बताए।

कुलमान घिसिङ र उर्जामन्त्री वर्षमान पुनलाई संसदमा किन भने, श्री ३ महाराज ?

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले प्रतिनिधि सभा बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराजको संज्ञा दिएका छन् ।

लामो समयदेखि जुम्लामा विद्युत् आपूर्ति नभएको भन्दै महतले घिसिङ र पुनमाथि आक्रोश पोखेका हुन् ।

‘कर्णालीको एक जिल्ला सदरमुकाम जुम्ला अँध्यारो छ, २०३८ सालमा बनेको २०० किलोवाटको बिजुली बिग्रेर थन्केको छ,’ महतले भने, ‘श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनको फोन पनि उठ्दैन, भेटघाट पनि हुँदैन ।’

नेपालको बिजुली भारतमा बेच्छौं भनेर ठूला कुरा गरे पनि जुम्लामा बिजुली पुर्‍याउन नसकेको आरोप महतले लगाए ।

‘हामीले यति गर्‍यौं, उति गर्‍यौं भनेर यिनीहरू कुर्लेका कुर्ल्यै छन्, इन्डियालाई बत्ती बेच्दै छु भन्छन्,’ महतले भने, ‘बत्ती कृपया जुम्लालाई बेचिदिनुस्, बत्ती कति छ हामीलाई बेचिदिनुस् ।’

महतले जहाँ कमिसन आउँछ त्यहीं सेवा विस्तार हुने भन्दै आक्रोश पोखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार