वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जन*युद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृ*त्यु भयो, केही सकुशल घर फर्किए त केही बे*पत्ता, घा*इते र अ*पांग भए।
केही बेप*त्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृ*त्यु भएको ठानेर का*जकिरिया पनि गरेका छन्। तर रूकुममा काजकि*रिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन्। परिवारका सदस्यले उनी युद्धमा म*रेको ठानेर काजकि*रिया गरेका थिए।
रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेप*त्ता भएका सानीभेरी गाउँपालिका–११ (साबिक अर्मा गाविस– ९) का उमेश विश्वकर्मा परिवारले म*रेको ठानेर कि*रिया गरेको अवस्थामा घर आएका हुन्। २०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन। उनी घर नआएपछि परिवारले मृ*त्यु भइसकेको भनेर काजकि*रिया गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा लोकेन्द्र खनालले लेखेका छन् ।
फाइल फोटो