logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

करेण्ट लागेर साढे तीन वर्षको बालकको मृत्यु


  • राजनीति
  • बिहिबार, साउन २३ २०७६

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा आज बिहान करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृत्यु भएको छ ।

रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।

‘घर नजिकै भएको तरकारी फार्ममा पानी तान्ने बेलामा बच्चा खेल्दै गर्दा नाङ्गो तारमा छोएर करेण्ट लागेर मृत्यु भएको हो ।’ भट्टराईले भने, ‘घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार