logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने


  • राजनीति
  • बिहिबार, साउन २३ २०७६

काठमाडौं– प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ ।

मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मिडिया सेन्टर नहुँदा पत्रकारले प्रदेशसभाको पछाडिपट्टि बसेर भिडियो, अडियोसमेत लिन नपाई रिपोर्टिङ गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् । सञ्चारकर्मीलाई सरल र सहजरूपमा रिपोर्टिङ गर्न मिल्ने गरी मिडिया सेन्टरको स्थापना गर्न लागिएको प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
मिडिया सेन्टर स्थापनाका लागि संसद् सचिवालयले चालू आर्थिक वर्षमा रु २० लाख छुट्याएको छ । यो रकमबाट सुविधासम्पन्न मिडिया सेन्टर स्थापना गर्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार