logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ईश्वर पोखरेल र ज्ञानेन्द्रबीच यस्तो भयो सहमति ? सनसनीपूर्ण खुलासा (भिडियोसहित)


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न निर्मल निवास गएको चर्चा चलिरहेको छ । कतैबाट पनि यसको पुष्टी नभइरहेका बेला प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराईले पोखरेल निर्मल निवासभित्र पसेको जिकिर गरेका छन् ।

किन र केका लागि पोखरेल ज्ञानेन्द्र निवास गए त भन्ने प्रश्नमा भने भट्टराईले बाँकी कुरा आफूलाई जानकारी नभएको बताए । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले अहिलेको अवस्थामा ज्ञानेन्द्र शाहमाथि जाइलाग्नु आवश्यक नरहेको पनि बताए । शाहसँग कुनै शक्ति र अधिकार नभएको अवस्थामा केही गर्लान् भनेर डराउनुपर्ने अवस्था नरहेको उनको तर्क छ ।

भट्टराईले प्रधानमन्त्री ओली सफल भएको तर प्रतिगामी शक्तिले असफल बनाउने प्रयास गरेको पनि बताए ।

फरक प्रसंगमा उनले नेपाल भारत प्रवुद्ध समुहले तयार पारेको इपिजी प्रतिवेदन अब छिटै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने पनि दाबी गरे ।-रिपोर्टर्स नेपाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार