logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा पनि डेंगुका रोगीहरु भेटिए,डेंगुबाट बच्ने उपाय


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

पोखरा – स्वास्थ मन्त्रालयले सर्वसाधारणसँग पोखरामा पनि डेंगुका रोगीहरु भेटिएपछि रोगको संक्रमणबाट बच्न अनुरोध गरेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले पोखरामा २१ जना बिरामीमा डेंगुको संक्रमण भेटिएपछि सचेत रहन आग्ह गरेको हो । पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङजा र धरानका पोखरा आएका ४ जनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले बताए ।
संक्रमितहरुको पोखराका अस्पतालमा उपचार भइरहेको छ भने केही घर फर्किसकेका छन् उनले भने । धेरै पानी जम्ने पोखरा बसपार्क क्षेत्र र मोटर ग्यारेज भएको क्षेत्रमा डेंगुका बढी बिरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले जनाकारी दिए । उनका अनुसार संक्रमितहरु खतरामुक्त छन् ।
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्ठेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातिको लामखुट्टे हो जुन प्रायः कृत्रिम भण्डारण गरेर राखेको फ्रेस पानीमा बस्छ र यसले प्रायः दिनमा टोक्ने गर्छ । डेंगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेंगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ ।

यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोका रूपमा लक्षण देखिन्छ । यो साधारण लक्षण हो । शरीरका कुनै पनि भागबाट रक्तस्राव बढी हुने, रक्तचाप कम हुने र रगतमा प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउने लक्षणहरू देखिएमा यी असाधारण लक्षण हुन् र यो अवस्थालाई जटिल मानिन्छ । यसको निर्मूल गर्ने उपचार भने हुँदैन, लक्षणअनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरू रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरू रोगले यदि आक्रमण गरेमा अवस्था जटिल बन्दै जान्छ ।
डेंगुका लक्षण के हुन् ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ–२००९)का अनुसार डेंगु विदाउट साइन (लक्षणविनाको डेंगु)मा एकदमै बढी ज्वरो (१०२ डिग्री) आउँछ । यसका ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण हुन् ।यसैगरी खटिरा आउने, रक्तस्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेट्सको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने, रक्तचाप निकै कम हुने हुन्छन् । अधिकांश रोगी सामान्य उपचारपछि निको हुने भए पनि वेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।

डेंगुबाट बच्ने उपाय के छन् ?
– लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्छ ।
– घरनजिक कुनै पनि किसिमका झाडी राख्नुहुँदैन ।
–लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टेको धूप वा क्रिम प्रयोग गर्नुपर्छ ।– झ्याल–ढोकामा जाली राख्नुपर्छ ।

डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख ९ लाख घुस सहित पक्राउ

पोखरा- अख्तियार टोलीले डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुखलाई घुस सहित पक्राउ गरेका छन् । कार्यालयका प्रमुख तथा इन्जिनियरलाई पक्राउ गरेको अख्तियार टोलीले साँझ प्रुष्टी गरेको हो ।

साँझ उनीहरुलाई कार्यालय प्रमुख हरिकुमार पोखरेलकै निवासबाट ९ लाख रुपैयाँसहित पक्राउ गरिएको हो । कार्यालय प्रमुखसहित पवित्रमणि पौडेललाई पनि पक्राउपरेका छन ।

बिन्ध्यवासिनी हरिचोक बाटो निमार्णको ठेक्का पाएको जिएमआर कम्पनिका ठेकेदार ऋषि आचार्य र इन्जिनियर पबित्रमणि आचार्य पैसा बोकेर प्रमुख हरिप्रसादको निवासमा जाने क्रममा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ऋषि आचार्यले झोलामा लगेको पैसा कार्यालय प्रमुख पोखरेलका भान्छेलाई दिन लागेको बेला उनीहरु पक्राउ परेका हुन् । बाटोको ठेक्का दिँदा कार्यालय प्रमुखसहित आर्थिक प्रलोभनमा परी रकम लेनदेन भएको अख्तियारको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

नियम विपरित यात्रु बोक्ने पोखराका निजी बिधालयका स्कुल बस ट्राफिक प्रहरीको फन्दामा

पोखरा- कास्कीका निजी बिधालयका स्कुल बस नियम विपरित सञ्चालित भएको भन्दै ५ वटा बस अहिले ट्राफिक कार्यालय कास्कीको हिरासतमा परेका छन। जिल्ला प्रझरी कार्यालय कास्कीका प्रवक्ता सई जितसंग कार्कीले बस सञ्चालन निर्देशिका विपरित सञ्चालन भएका नीजि विद्यालयका विद्यार्थी बोक्न प्रयोग भएका बसलाई नियन्त्रणमा लिइएको बताए ।

जुनियर सिटिजन्स एकेडेमीको ‘ना ८ ख, ३६०४’, मेट्रोपोलिटन एकेडेमीको ‘ग १ ख, २७६१’, एल।ए। सेकेन्डरी स्कुलको ‘ग १ ख, २४८८’ र होलि एन्जल सेकेन्डरी स्कुलको ‘ध १ ख, २४६’ नम्बरको बस कालो नम्बरप्लेटवाला हुन् । अर्थात्, सार्वजनिक सवारी । जसले यात्रु बोक्छन् । पिस जोन एकेडेमीको ‘ग १ क, ६४२’ नम्बरको बस मात्रै निजी हो । यो पक्राउ परेको चाहिँ सवारी कर नतिरेर हो ।

नियन्त्रणमा लिइएका बसलाई थप कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई छैन । २ हजार भन्दा बढी जरिवानाका लागि यातायात कार्यालय नै पठाईन्छ । त्यहाँ ५ हजार वा सो भन्दा बढी जरिवाना गर्ने तयारी गरिएको छ ।

पोखराको लेकसाइडमा युवाहरु बीच झडप,धारिलो हतियार प्रहार गर्दा अधिकारी गम्भिर घाईते

पोखरा -पोखराका्े लेकसाइडमा युवाहरु बीच झडप हुदाँ एक युवा गम्भिर घाइते भएका छन। तीन जना युवाको समूहले अर्का युवकलाई धारिलो हतियार प्रहार गर्दा १९ वर्षीय राजन अधिकारी गम्भिर घाईते भएका हुन ।

पोखरा १७ बिरौटा बस्ने २२ वषीृय बिबेक थापा, बिन्ना भन्ने बिजय गुरुङ सहितको ३ जनाको समूहले पोखरा १७ छोरेपाटन घर भई हाल पोखराकै रानीपौवामा डेरा गरी बस्ने १९ वर्षीय राजन अधिकारीलाई धारीलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कास्कीले जानकारी गराएका छन ।

हतियार प्रहार गरी घाईते भइका अधिकारीलाई उपचारको लागि मेट्रो सिटी अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई उक्त घटनामा संलग्न विवेक थापालाई नियन्त्रणमा लिई घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजिकार्य साथै घटनाको विषयमा थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार