logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

वीरगञ्जमा बम पड्कियो,३ घाइते यस्तो छ अवस्था


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

वीरगञ्ज -वीरगञ्जको बिर्ताबजारमा शुक्रबार साँझ साढे ७ बजे बम पड्किदा ३ जना घाइते भएका छन् ।

स्‍थानीय मिठु शंकरको कागती पसल नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटमा कागती व्‍यापारी मिठु गम्भीर घाइते भएका छन् भने अरु २ जना सामान्य घाइते भएका छन् । उनीहरूको परिचय खुलेको छैन ।मिठुलाई उपचारका लागि नारायणी अस्पताल लगिएको वडा अध्यक्ष जगत साह कानुले जानकारी दिए । प्रहरीले बम नभई पटाका पड्किएको आशंका गरेको छ ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार