logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

होसियार पोखरामा आलुमा भेटियो विषादी ,नखानुस


  • राजनीति
  • सोमबार, साउन २७ २०७६

पोखरामा बेच्नका लागि आयात गरिएको आलुमा प्रयोग गर्न मिल्ने भन्दा बढी विषादी भेटिएको छ । पृथ्वीचोक स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याईएको आलूमा विषादीको मात्रा अत्यधिक भेटिएपछि नष्ट गरिएको छ । अघिल्लो साता (साउन १७ गते) भारतबाट ल्याईएको सेतो आलु विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा जाँच गर्ने क्रममा विषादी भेटिएको हो ।

‘३५ प्रतिशतसम्म कार्वामेट समूहको बिषादीको रुकावट भेटिए तरकारी वा फलफूल प्रयोग गर्न मिल्छ । ४५ प्रतिशतसम्म भएपनि त्यसलाई १ हप्तासम्म कुरेर खान मिल्छ,’ बालि संरक्षण प्रयोगशाला कास्कीका बालि संरक्षण अधिकृत तथा विषादी जाँचकर्ता संजीव बास्तोलाले भने, तर यो आलुमा ४७ प्रतिशत भेटियो । सचेत गराउनका लागि नष्ट गरिएको हो ।’

उनका अनुसार पोखरा आएको तरकारी तथा फलफूलको कार्वामेट र अर्गानो फष्फेट जाँच गरिन्छ ।

बिषादी जाँचमा फेल भएका ५२ बोरा आलु नष्ट गरिएको कृषि उपज बजार शान्तिवनकी निमित्त बजार ब्यवस्थापक रुपा दाहालले बताईन् । पोखरा आउने तरकारी तथा फलफूलमा शून्य विषादी भएका कुनै पनि वस्तु छैनन् ।

बिषादीयुक्त आलु ल्याएका ब्यापारीलाई बजार ब्यवस्थापन समितिले आगामी दिनमा यस्ता तरकारी नल्याउने कागज गराएर छोडेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार