logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपामा गुट अदलबदल, ओली–गौतम सम्बन्ध सुमधुर बन्दै


  • पत्रपत्रिका
  • मंगलबार, साउन २८ २०७६

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए। प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे।

केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

केही समयदेखि बिग्रिएको भनिएको ओली–गौतम सम्बन्ध सुमधुर बन्न थालेको अड्कल गर्न थालिएको छ। नेता गौतमका अलावा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, पार्टी महासचिव विष्णु पौडेललगायत पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा गौतमले फरक मत राखेपछि ओली–गौतम सम्बन्धमा खटपट आएको थियो। त्यसयताका सचिवालय बैठकमा पनि गौतमले ओलीलाई साथ दिएका थिएनन्। पार्टी एकीकरण अन्तिम चरणसम्म पुग्दा पनि ओलीलाई साथ नदिएका गौतम पछिल्लो समय ओलीको प्रमुख सल्लाहकारकै रूपमा देखापरेका छन्। बालुवाटार स्रोतका अनुसार असारको अन्तिम साताबाट ओली–गौतम सम्बन्धमा सुधार आएको हो। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। त्यसयता पार्टी एकताको प्रक्रियासमेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर संवाद गरिरहेका थिए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

 

KUPONDOLE HEIGHT, LALITPUR
01-5010630, 01-5010671
ratopati@gmail.com info@ratopati.com
marketing.ratopati@gmail.com
article.ratopati@gmail.com

गृहपृष्ठ

हाम्रो बारेमा

विज्ञापनको लागि

सम्पर्क
लिङ्कहरू

मुख्य समाचार
हेडलाइन
अर्थतन्त्र
प्रदेश/देश
विश्व
प्रवास
अपराध
लोकसेवा
रोजगारी/सूचना

हाम्रो सिफारिस
विचार
अन्तरवार्ता
शिक्षा
स्वास्थ्य
रातोपाटी स्पेसल
रातोपाटी टीभी
धर्म–संस्कृति/रीतिथिति

खेलकुद
मनोरञ्जन
विज्ञान/प्रविधि
साहित्य
जीवनशैली
रोचक संसार
मोडल/सेलिब्रेटी
फोटो फिचर

© 2012-2018 Copyright Discovery News Network | All rights reserved. Terms of Service Privacy Policy

स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Powered by

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार