logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

शिक्षक गणेश केसी १० हजार घुस रकम सहित पक्राउ


  • राजनीति
  • मंगलबार, साउन २८ २०७६

दाङ- दाङको घोराहीस्थित श्री माध्यमिक विद्यालयमा कार्यरत शिक्षक गणेश केसी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले केसीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । केसीले डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस लिएको अख्तियारले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

एक लाख ६० हजार घुससहित वडा सदस्यका छोरा पक्राउ

जनकपुरधाम-महोत्तरीको भंगाहा नगरपालिका-८ का वडा सदस्य कारी साहका छोरा मुकेशलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।

उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा मुकेश जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै पक्राउ परेका हुन्। वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए ।

सडक ढलानको बि भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका बताए। त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन्। पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ। छोरा घुससहित पक्राउ परेपछि वडा सदस्य कारी र वडाध्यक्ष रफिक सम्पर्कविहीन बनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार