राजनीति
पोखरा- पोखराको न्युरोड स्थित एस मिनी मार्केटमा मंगलबार आगलागी हुँदा मिनी मार्केटका २३ वटा सटरका सामानहरु जलेर नष्ट भएका छन्।
दिउँसो एकाएक आगलागी हुँदा सटरका ७ व्यवसायीको प्रायः अधिकांश माल-सामानहरु जलेर नष्ट भएको कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मार्केटमा आगलागी हुँदा करिब ७ करोड मुल्य बराबरको क्षती भएको छ ।युनिक फर्म पसलको भागबाट आगो लागेको थियो ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने एसपि कार्कीले बताए ।आगो नियन्त्रण गर्न प्रदेशको विपद व्यवस्थापनको टोली सहितकोे सुरक्षाको अधिकाशं फोर्स परिचालन गरिएको पनि उनले बताए ।आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरि ७ व्यवसायीका २३ वटा सटरमा पुर्ण क्षति भएको छ ।
अधिकाशं पसलहरुको बिमा नहुँदा जेनतेन संचालन गरेका व्यवसायीहरुलाई मिनी मार्केट नै जलेर नष्ट हुँदा ठुलो आर्थिक क्षति भएका छन्। पोखराको न्यूरोडमा दिउँसो कालो धुवाको मुस्लो आएसंगै पोखरेलीहरुको न्यूरोडमा करिब दुई घण्टासम्म ठुलो भिड नै लागेको थियो ।दिउसो ४ बजे देखि सुरु भएको आगलागी २ घण्टा पछि नियन्त्रणमा लिएको थियो ।