पोखरा- पोखरामा श्रखलाबद रुपमा ११ वटा वडा कार्यालयमा चोरी गर्ने चोरलाई जिल्ला प्रहरी कास्कीले आज सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम कास्कीको विशेष अनुसन्धान समूहले पोखरा महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा रहेका कम्प्युटर, ल्यापटप लगायतका सामानहरु चोरी गर्ने एक जना र विक्रि वितरण गर्ने एक जना गरि दुई जनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कास्केका पेरमुख एसपी दान बहदुर कार्कीका अनुसार पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका ११ घर भई हाल पोखरा १० कालिकाचोक स्थित डेरा गरी बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुर थाहा नगरपालिका १२ घर भई हाल काठमाण्डौ महानगरपालिका १४ कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली रहेका छन् ।
विगत केही महिना यता पोखराका वडा कार्यालयहरुमा चोरीका घटनामा अत्याधिक वृद्धि भए संगै कास्की प्रहरीले उक्त चोरीका घटना अनुसन्धानका लागि विशेष समूह नै बनाएर घटनाको सुक्ष्म अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संलग्न व्यक्ति तथा समूहको खोजतलास साथै चोरी भएका सामानहरु बिक्रि बितरण तथा बनाउने पसलहरु समेतमा समन्वय गरी चोरी गर्ने ब्यक्ति तथा समूहको खोजि कार्यका लागि परिचालन गरिएको थियो ।
सोही क्रममा यही श्रावण २६ गते वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले पोखरा महानगरपालिका ०६ सहिदचोक स्थित किशोर थापालाई शंका लागि पक्राउ गरी सोधपुछ गर्दा निजले नै उक्त सामानहरु चोरी गरेको र काठमाण्डौमा लगि विक्रि वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुले पश्चात महानगरिय प्रहरी वृत कालिमाटीसंगको समन्वयमा विक्रि वितरण कार्यमा संलग्न कम्प्यूटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीलाई चोरी भएका सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनुभयो ।
किशोर थापाको डेरा कोठाबाट प्रहरीले ल्यापटप, क्यामेरा, चोरी कार्यमा प्रयोग गरिने विभिन्न औजार साथै लागू औषध ब्राउन सुगर २।३६ ग्राम बरामद गरेको छ । साथै कम्प्यूटर सोलुसनका सञ्चालक रुपचन्द्र गोपालीको पसलबाट प्रहरीले १७ थान मोनिटर ( मोनितोर् ), ९ थान सिपियू (क्पु) र ३ थान ल्यापटप (लप्तोप्) समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जना उपर कास्की प्रहरीले थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको छ ।