logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा


  • राजनीति
  • बुधबार, साउन २९ २०७६

जनकपुरधाम – २ नम्बर प्रदेश सरकारले बिहीवार परेको जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री राउतले हर्षाेल्लासका साथ पर्व मनाउन आग्रह गरेका छन् ।

यो पनी हेर्नुस :

ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

पोखरा- महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले मंगलबार राती बालकुमारी र कोटेश्वर जोड्ने पुलमुनी एक यात्रुलाई ठक्कर दिएको थियो ।

ठक्करपछि घाइतेलाई उद्दार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । घाइतेको आज बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति सडकमै बस्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । घाइते मान्छेले बोराको कपडा बनाएर लगाएको पाइएको भन्दै उनी मानसिक सन्तुलन गुमाएको व्यक्ति हुनसक्ने बोगटीले बताए ।

घटनाको अनुसन्धानका लागि चालक र सवारीसाधनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।

यो पनी हेर्नुस:

सिके राउतलाइ सांसद बनाउन चलखेल

विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वा्चित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो ।

स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा. यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा. यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा. यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार