राजनीति
पोखरा – फेसबुकले आफ्नो मूख्य एपमा डार्क मोड फिचर फिचर ल्याउँदैछ ।
यो वर्षको सुरुवातमै फेसबुकले आफ्नो मेसेन्जर एपमा डार्क मोड फिचर ल्याएको थियो ।
यद्यपि यस बारेमा फेसबुक कम्पनीले आधिकारिक रुपमा केही बताएको छैन । तर हालै शोधकर्ताले फेसबुकमा यस्तो कोड फेला पारेका छन् जसले डार्क मोड फिचरको संकेत दिएको छ ।
शोधकर्ता जेन मान्चुन वोंगले फेसबुकले मोबाइल एपमा यस्तो फिचर थप गर्न लागेको आफ्नो ब्लगमा उल्लेख गरेकी छिन् ।
उनले यस विषयमा ट्वीट समेत गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर गरेकी छिन् । उक्त स्क्रिनशटमा फेसबुकको मूख्य एपमा डार्क मोड फिचर जस्तो देखिएको छ।
वांगले फेसबुक मोबाइल एपमा डार्क मोड फिचरको विषयलाई लिएर आफु पनि उत्साहित रहेको बताएकी छिन् । यो फिचर अहिले परीक्षणको सुरुवाती चरणमा रहेको बताइएको छ । डार्क मोड सपोर्टका लागि एपका केही भागमा परिवर्तनकोे काम चलिरहेको छ । जस्तै अँध्यारो पृष्ठभूमिमा गाढा अक्षरहरु देखाउने ।
उनका अनुसार अँध्यारो खैरो पृष्ठभूमिमा धेरैजसो अक्षरहरु सेतो रङमा देखिनेछन् । फेसबुकको मूख्य एपमा यो फिचर लागू हुनका लागि अझै केही समय लाग्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा