logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

झापामा बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले गरे खुकुरी प्रहार


  • राजनीति
  • बुधबार, साउन २९ २०७६

झापा – झापाको बुद्धशान्ति गाउँपालिकामा बलात्कार गर्न खोज्ने युवकलाई बालिकाले खुकुरी प्रहार गरेकी छिन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले १३ वर्षीया बालिकालाई बलात्कार गर्ने क्रममा बालिकाले खुकुरी प्रहार गरेकी हुन्।घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ। बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छन् । बाबु गाउँमै मजदुरी गर्छन् । दिउँसो कोही नभएका माैका छाेपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडितले बालिकाको भनाइ छ ।

गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ

पछिल्लो पटक घरको कोठामै लडाएर मुख थुन्दै बलात्कार गर्न सुरु गरेपछि उनले छेउमै राखेको खुकुरी प्रहार गरेको सुनाइन् । खुकुरी प्रहारबाट गुरुङको टाउकोमा गहिरो चोट लागेका थियो । उनले बाहिर भने लडेर घाइते भएको भन्दै आएको स्थानीय सुजन भण्डारीले बताए ।

‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,’ बालिका भन्छिन्, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’।’ पटक-पटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको उनकाे भनाइ छ ।

बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार