राजनीति
????????????????????????????????????
राजनीतिको चर्चामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि उनकी आमा क्यान्सरको बिरामीले थला परिन्। उनलाई वीर अस्पताल पुर्याइयो। प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा कुरूवा बसेका थिए। अफसोच, त्यहीँ उनकी आमाको निधन भयो। दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड त्यहाँबाट हिँडे। किरिया गरेनन् । त्यसरी हिडेका प्रचण्डको २०५२ सालपछि एकैचोटि एघार वर्ष पछि २०६३ सालमा बाबुसँग भेट भयो। उनि खुशिले बिभोरित भएका थिए ।
न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा। घरको प्यारो नाम ‘बाबु’ थियो। तर, उनी स्कुले जिवनमा नै छवि बाट आफ्नो नाम आफैँ पुष्पकमल राखेका थिए । बाबुआमाले प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर धेरै पछि मात्रै थाहा पाएका हुन्।