logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको घाँसीकुवामा जिप र मोटरसाइकल ठोक्किदा एक बालकको मृत्यु


  • रासस
  • बिहिबार, साउन ३० २०७६

तनहुँको घाँसीकुवामा जिप र मोटरसाइकल ठोक्किदा एक बालकको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नंको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नंको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार छ वर्षीय सुनिल मगरको मृत्यु भएको छ ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका बस्ने ३० वर्षीय मीनप्रसाद मगर र २७ वर्षीया सुष्मा मगर घाइते भएका छन् । उनीहरु श्रीमान्/श्रीमती हुन् भने मृत्यु हुने बालक छोरा हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार