logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बागलुङ जैमिनीकी३५ बर्षिया देवी ढकाल मृत फेला


  • रासस
  • बिहिबार, साउन ३० २०७६

पोखरा-बागलुङ जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ बर्षिया देवी ढकाल आज मृत फेला परेकी छन ।

नगरपालिका-४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उनको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

श्रीमान् रोजगारीका लागि विदेश रहेका मृतक ढकालको एक छोरा पोखरामा बस्दै आएको र एक छोरी पनि केही दिनदेखि आफन्तकोमा रहेको प्रहरीले जानकारी दिएको छ ।

मानसिकरूपमा कमजोर ढकाल धारोमा नुहाउन जाने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको प्रहरीले अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार