logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनार्दन शर्मा बने संगठन बिभागमा उप-प्रमुख


  • राजनीति
  • शुक्रबार, साउन ३१ २०७६

सत्तारुढ दल नेकपाले लामो विवाद र रस्साकस्सीपछि ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकले महत्त्वपूर्ण विभागको नेतृत्व सचिवालय सदस्यहरूले गर्ने गरी जिम्मेवारी टुंगो लगाएको हो ।

पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व सचिवालय सदस्य वामदेव गौतमले पाएका छन् भने तत्कालीन माओवादी बाट उपप्रमुख जनार्दन शर्मा प्रभाकरले पाएका छन ।

एकभन्दा बढी नेताको दाबीका कारण निर्णयमा पुग्न कठिन भएको स्कूल विभागको नेतृत्वमा भने अन्तत: ईश्वर पोखरेललाई नै ल्याइएको छ ।

पोखरेलको नाममा चर्चा भएपनि सहमति हुन सकिरहेको थिएन ।

यसका अलावा विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले पाउँदा नीति तथा अध्ययन प्रतिष्ठानमा झलनाथ खनाललाई जिम्मेवारी तोकिएको छ ।

प्रचार विभागको जिम्मा नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजना विभागको जिम्मा सुरेन्द्र पाण्डेले पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार