logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँको शुक्लागण्डकीमा नौ हजार २०० गाँजाका बोट नष्ट


  • रासस
  • शनिबार, साउन ३२ २०७६

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित इलाका प्रहरी कार्यालयले एक हप्ताको अवधिमा नौ हजार २०० गाँजाका बोट नष्ट गरेको छ । प्रहरीले शुक्लागण्डकीकाका विभिन्न वडामा अवैधरुपमा उत्पादन गरिएका गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो ।

वडा नं-१ थप्रेकका विभिन्न ठाउँमा मात्रै सात हजार दुई सय गाँजाका बोट नष्ट गरिएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए । उनका अनुसार स्थानीयवासीको सहभागितामा उक्त वडाका विभिन्न ठाउँमा लागुऔषधका रुपमा प्रयोग हुने गरेको गाँजाका बोट नष्ट गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा बमोजिम उक्त वडाको थप्रेकगाउँमा एक हजार, मियाँगाउँमा एक हजार पाँच सय, काफलस्वाँरामा तीन सय, चितीस्वाँरामा एक हजार, कलाफुमा एक हजार, काठेपिपलमा पाँच सय, अर्घलेमा पाँच सय, पातलेमा चार सय र नयाँ गाउँमा एक हजार बोट नष्ट गरिएका प्रहरीले जनाएको छ ।

गाँजा फँडानीका लागि उक्त वडाका हरियाली युवा क्लब, जस्मिन मुस्लिम युवा क्लब, वडाका स्थानीय जनप्रतिनिधिलगायतले सहयोग पुर्याएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । इप्रका बेलचौताराले शुक्लागण्डकीमा गाँजा फँडानीलाई व्यापक बनाएको छ । गिरीका अनुसार वडा नं १२ मा एक हजार ५०० र वडा नं ८ स्थित सफलटोलमा पाँच सय बोट नष्ट गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार