logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा सुन जस्तै देखिने मुर्ति १३ लाखमा बेचेर फरार ३ अभियुक्त प्रकाउ


  • राजनीति
  • आइतबार, भाद्र १ २०७६

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरेर सुनको भन्दै सुन जस्तै देखिने मुर्ति बेचेको अभियोगमा ३ जना सार्वजनिक गरेको छ ।

केही समय अघि उनीहरुले पोखरा महानगरपालिका वडा नम्बर ८ बस्दै आएका पाराश्वर विश्वकर्मालाई १३ लाखमा मुर्ति बेचेर फरार भएका थिए। पछि मुर्ति नक्कली हो भन्ने पत्तो पाइसकेपछि विश्वकर्माले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका दिए ।

गत साउन १९ गते पाराश्वर विश्वकर्माले दिएको उजुरी पछि अनुसन्धानमा रहेको प्रहरीले २७ साउनमा पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनबाट उनीहरुलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नवराज पाण्डे भनिने दोलखा भिमेश्वर नगरपालिका १ घर भै हाल काठमाडौंको सिनामंगल बस्दै आएका ५२ वर्षिय रामराज शिवाकोटी, गोरखा भिमसेन नगरपालिका १ घर भै हाल पोखरा ८ न्युरोडमा बस्दै आएका रमेश श्रेष्ठ भनिने ३३ वर्षिय देव कुमार श्रेष्ठ र रामेछाप भगेरी गाउँपालिका ५ घर भै हाल काठमाडौं ६ बौद्ध बस्ने देवराज प्रधान भनिने ३६ वर्षिय वसन्त बाबु श्रेष्ठलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँज गर्दा नवराज पाण्डे भनिने रामराज शिवाकोटीको झोलामा सुन जस्तै देखिने पहेलो धातुको बुद्धको मुर्ति फेला परेको बताएको छ । अभियुक्तहरुको साथबाट प्रहरीले सुन जस्तै देखिने पहेलो ६ किलो १ सय ग्राम तौलको बुद्धको मुर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, कागजमा छिपाइराखेको सुन जस्तो देखिने पहेलो धुलो, २ भारतिय क्यासिनो कार्ड, राजदुताबास काठमाडौं लेखिएको कार्ड १ थान, भारतिय निर्वाचन आयोगको कार्ड १ थान तथा विभिन्न बैंकका चेकहरु पनि बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीका अनुसार उक्त मुर्तिमा ड्रिल मेसिनले प्वाल पारेर सुन जस्तै देखिने धुलो लेप लगाई सकेपछि सुन जस्तै देखिने भएकाले मुर्ति किन्नेहरु ठगिने गरेको बताए ।
पक्राउ पर्ने तिनै जनाले ठगीको रकम क्यासिनोमै सक्ने गरेको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार