राजनीति
पोखरा- पोखराको औद्योगिक क्षेत्रमा दुई मोटरसाइकल एक आपसमा ठोकीदा एकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्।
गएराति दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खादा पोखरा १३ मियापाटनका ४० बर्षीय देवदास गुरुङको मृत्यु भएको छ भने पोखरा २६ बुढिबजारका २६ बर्षीय अनिल अधिकारी गम्भिर घाइते भएका छन्।
गुरुङको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमाटम पछि उनका आफन्तलाई बुझाइएको छ भने घाइते अधिकारीको गण्डकी मेडिकल कलेजको सघन कक्षामा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।
ग४प २२५४ नम्बरको मोटरसाइकल र ग १० प ४७५० नम्बरको मोटसाइकल एक आपसमा ठक्कर खादा दुबै मोटरसाईकल चालक सडकमा लड्न पुग्दा गुरुङको मुत्यु भएको हो भने अधिकारी गम्भिर घाइते भएका हुन्।
ग १० प ४७५० नम्बरको मोटसाइकल चालक अधिकारी हालसम्म अचेत अबस्थामा रहेको अस्पताल श्रोतले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।