logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

स्थानीय निकायलाइ कर उठाउन नदिने मुडमा नेकपा


  • राजनीति
  • मंगलबार, माघ २ २०७४

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएकोछ । निर्वाचन खारेजी अभियान पश्चात नेकपाले स्थायी समिति ,पोलिट्ब्युरो र केन्द्रिय समिती बैठक सकाएको छ ।

भर्खर मात्र बसेको केन्द्रीय समितिको बैठकले सरकारले जनताका हित बिपरित चलेका हरेक कदम भन्डाफोर सहित आन्दोलनका कार्यक्रमहरु ठोस गरेको छ । अहिलेको दलाल पुँजीवादी नेतृत्वको सरकारले समस्या घटाउने हैन, झन् चर्काउने निश्चित देखिएको भन्दै नेकपाले मुलुक भरी भण्डाफोर अभियान संचालन गर्ने भएको छ ।

आगामी माघ १५ देखि तीन महिने ‘देशव्यापी जनजागरण तथा भण्डाफोर अभियान’ चलाउने निर्णय गरेको छ ।

  • माओवादी आन्दोलनलाई सुढृढ गरिने
  • मुल्यबृद्धिको बिरोध र दलहरुको आर्थिक अपारदर्शीताबारे खोजी गरिने
  • स्थानीय निकायलाई कर उठाउन नदिने योजना

स्थानीय निकायले लोकतन्त्र, लोककल्याण र राहतबिनाको थेग्नै नसक्ने अकल्पनीय कर थोपरेकाले त्यसका बिरुद्ध आन्दोलनको सिर्जना गर्ने नेकपाको तयारी छ ।

नेकपाले पाँच लाखभन्दा साना ऋणीको ब्याज मिनाहा गर्नुपर्ने, सुकुमबासीलाई गाँस, बास र रोजगारीको व्यवस्था नगरी थातथलोबाट उठाउन नपाउनेजस्ता मागहरूसहित राज्यपक्षलाई दबाब दिन तीनमहिने अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ ।

स्थानिय चुनाव हुँदै यहाँ सम्म पुग्दा सरकारले सथानीय जनताको ढाड भाच्नेगरी कर थोपरेको जनगुनासो आएइरहेको भन्दै नेकपाले त्यसका बिरुद्ध जनतालाइ साथ र नेतृत्व प्रदान गर्ने बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार