राजनीति
सत्ताधारी दल नेपाली काङ्ग्रेस प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि पहिलो पटक केन्द्रिय समितिको बैठको तयारी भैरहेको बेला कोइराला परिवारका तीन नेता एकैठाउँ जुटेकाछन ।
पराजयको समिक्षामा ढिलाइ भइरहेको अवस्थामा केन्द्रीय समिति बैठकको दुई दिनअघि कोइराला परिवारका तीन सदस्यबीच लन्च बैठक हुनुलाइ बिशेष महत्त्वका साथ हेरिएको छ ।
गिरिजा पुत्री कांग्रेस नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा कांग्रेस महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरालासहित लन्च मिटिङ्ग भएको हो ।
केन्द्रीय समिति बैठक बस्नुअघि तीन नेता जुट्नुलाई कांग्रेसमा अर्थपूर्णरुपमा लिइएको छ । कोइराला परिवारका तीन नेताबीच के के कुरा भयो त ?
‘अहिले उहाँहरु तीनैजना निर्वाचनमा कांग्रेसको नमिठो पराजयको समिक्षामा जुट्नु भएको छ । पराजयको कारण खोजी उहाँहरुको प्रमुख प्राथमिकता हो’, अहिले पार्टीको नेतृत्वबारे चर्चा नै भएन । उहाँहरु तीनैजनाले केन्द्रीय समिति बैठकमा एउटै मत व्यक्त गर्ने कुरामा सहमति भएको एकजना नेताका स्वकिय सचीवले बबताए।
निर्वाचनपछि भएको पहिलो भेटलाई कोइराला परिवारले भने पारिवारिक भेट भनेको छ । ‘यद्यपि पारिवारिक भेट भए पनि राजनीतिक कुरामा गम्भीर छलफल भएको बुझिएको छ । कांग्रेसको हारको समिक्षा अब केन्द्रीय समितिमा हुनुपर्छ । त्यसपछि महासमिति सदस्यहरुको बैठक डाकेर पराजयका कारण खोजी नयाँ ढंगले अघि बढ्नुपर्नेमा उहाँहरुबीच एकमत छ ।’