logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जग्गा कब्जा


  • राजनीति
  • सोमबार, भाद्र २ २०७६

पोखरा- नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा मन्दिरको जग्गा कब्जा गरेको छ।

छत्रेश्वरी गाउँपालिका वडा नं। ६ लान्टीमा रहेको ६ रोपनी खैराबाङ मन्दिरको नामको जग्गालाई नेकपाको जिल्ला जनपरिषद् सल्यानले शनिबार आफ्नो नियन्त्रणमा लिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी महेन्द्र केसी (लोकपाल)ले जानकारी दिए ।

तत्कालीन ‘जनयुद्ध’को समयमा कब्जा गरिएका सामन्तका जग्गा फेरि कब्जा अभियान थालिएको जिल्ला सेक्रेटरी महेन्द्र केसी (लोकपाल) ले बताए।

जनयुद्वकालमा तत्कालीन माओवादीले कब्जा गरेको उक्त जग्गा शान्ति प्रक्रियापछि फेरि मन्दिरलाई फिर्ता भएको थियो।

‘गद्धार प्रचण्ड र बाबुरामले भ्रष्टाचारी तथा सामान्तको जुठो खाएर फिर्ता गरेका सबै जग्गा अब फेरि हामी कब्जा गर्नेछौं,’ सेक्रेटरी केसीले भने ‘जनसत्ताले सामन्तबाट खोसेर जनताको नाममा पास गरेका जग्गा उनीहरूलाई नै दिलाइने छ।’

कब्जा गरिएको भनिएको जग्गामा जनपरिषदको नाममा कालो ब्यानर टाँगेर जग्गा कब्जा गरिएको सूचना टाँसिएको छ।

‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भू–माफिया हाम्रो निशानी, जनयुद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुनः जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियान्त्रणमा लिएको जानकारी गराउदछौं,’ ब्यानरमा लेखिएको छ।

उक्त जग्गा कसैले बिक्री वितरण गरे जनपरिषदले कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

कब्जा गरिएको भनिएको मन्दिरको उक्त जग्गा अहिले वार्षिक १३ हजार रुपैयाँ एक व्यक्तिले भाडामा लिएका छन्। त्यसमा उनले धान रोपेका छन्। खेती पनि गरेका छन् ।

‘५० मुरी धान फल्ने खेतलाई वार्षिक १३ हजारमा भाडा लगाउन मिल्छ,’ सक्रेटरी केसीले भने ‘मन्दिर समितिले आर्थिक चलखेल गरेर त्यति सस्तो जाग्गा भाडामा लगाएको तथ्य हामीसँग छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार