logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

डनकी प्रेमिका द्धारा प्रचण्डलाई ज्ञापनपत्र


  • राजनीति
  • बुधबार, माघ ३ २०७४

चर्चित डन दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिए पछि केही समय मिडियामा छाएकी उनकी प्रेमिका खुश्बु ओलीले यती बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाउन पुगेकीछन ।

अाफूले सञ्चालन गरेको आश्रय सेल्टर नेपालको लेटर प्याडमा उनले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएकी हुन् ।

 

उनले मानव बेचबिखन, यौनशोषण लगायतका हिंसामा बालबालिकाको प्रयोग रोक्नका निम्ति सीमित कार्यक्रम बने पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको बताउँदै नेपालमा सडक, अनाथ तथा असहाय बालबालिकालाई संरक्षण र उचित शिक्षादिक्षाको प्रबन्ध गर्ने कार्य लक्ष्य अनुसार अघि बढ्न नसकेको उल्लेख गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार