logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ठूलो संख्यामा एकैपटक सचिवहरुको सरुवा


  • राजनिती न्युज डेस्क
  • मंगलबार, भाद्र ३ २०७६

प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौतापछि धमाधम सचिवहरुसँग पनि भइरहेका बेला मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सचिव सरुवा गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिव सरुवा गरेको हो। सरुवासम्बन्धी निर्णय भने प्रमाणीकरण भइसकेको छैन्।

स्रोतका अनुसार अर्थका दुवै सचिवको सरुवा भएको छ। अर्थमा राजन खनाल र लालशंकर घिमिरे सचिव छन्। घिमिरेले भदौ १० गतेबाट अवकाश समेत पाउँदैछन्। खनाल माघमा अवकाश पाउने सूचीमा छन्।

गृह सचिव भने यथावत राखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालयमा नयाँ सचिव पठाइएको छ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग र पर्यटन सचिवको पनि सरुवा भएको स्रोतले बतायो।

सरुवासम्बन्धी निर्णय मंगलबार बेलुकीसम्म प्रमाणीकरण हुने मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ।

अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय महिला आयोगमा सचिव रिक्त छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार