राजनीति
तनहुँ – तनहुँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको ब्यास नगरपालिका-१२ स्थित धाँसीकुवामा ट्रकले रोकिराखेको कारलाई ठक्कर दिई सो कार मोटरसाइकलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भानुनगरपालिका-५ बारीफाँट निवासी-३५ वर्षीया सुदिपराज पौडेल रहेका छन। ।
उक्त मोटरसाइकलमा पछाडी सवार सुदिप पौडेलकी श्रीमती ३४ वर्षीया प्रेमा न्यौपाने (पौडेल) उक्त दुर्घटनामा गम्भीर घाइते भएकी छन् ।
डुम्रेवाट दमौली तर्फ आउँदै गरेको ना६ ख ७५६० नम्बरको ट्रकले सोही ठाँउमा रोकी राखिएको प्रदेश नम्बर -३-०१-००१ य १५४३ नम्बरको पर्यटक कारलाई ठक्कर दिइ विपरीत दिशाबाट आउँदै गरेको ना२० प ३१०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पौडेल गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनको उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।