राजनीति
दाङ -दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन माग गर्दै स्थानीयले बुधबारदेखि अनिश्चितकालीन दाङ बन्द आह्वान गरेका छन् ।
लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन् । उद्योग, कलकारखाना, शिक्षण संस्था सबै बन्द छन् भने बन्दका कारण दाङ क्षेत्रको जनजिवन प्रभावित भएको छ ।स्थानीयबासीले मुख्य शहरका चोकहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
दाङ लाई नै ५ नम्बर प्रदेशको राजधानी बनाउनको निम्ति दबाबस्वरुप अनिश्चितकालीन दाङ बन्द आह्वान गरिएको दाङ प्रादेशीक सरोकार समितिका अध्यक्ष नारायण भुसालले जानकारी दिए ।
दाङलाई अस्थायी राजधानी नतोक्ने चलखेल भइरहेको संकेत आएको स्थानीयले बताएका छन् ।